Cooperative and Enterprise Review Meeting (20 to 22, June 2011)


कारितास नेपालले कारितास अष्ट्रेलियाको सहयोगमा बर्षे कार्यक्रमको दोश्रो बर्षको कार्यक्रमको समिक्षा होटल मिरर, गुलरीया बर्दियामा जुन २० देखि २२, २०११ सम्म सहकारी तथा लघु उद्यमको समिक्षा गोष्ठी सम्पन्न भयो उक्त कार्यक्रममा २१ सहकारी संस्थाका २० सहकारीबाछ २१ ज्नाको सहभागीता रहेको थियो कार्यक्रममा महिला १५ पुरुषको सहभागीता रहेको थियो गोष्ठीमा ब्यवस्थापक, अध्यक्ष, संचालक समिति सदस्य तथा ब्यवसायका सदस्यहरु रहनु भएको थियो समिक्षा गोष्ठीलाई दुई भागमा विभाजन गरी कार्यक्रम संचालन भएको थियो पहिलो कार्यक्रममा सहकारी संस्थाको समिक्षा गर्ने तथा योजना तय गर्ने गरी सम्पन्न भयो भने दोश्रो कार्यक्रममा लघु उद्यमहरुको समिक्षा गर्ने तथा योजना तय गर्ने गरी सम्पन्न भएको थियो
समिक्षा कार्यक्रममा कारितास नेपालका कर्मचारीहरु कृष्ण कुमार तामाङ, खम्ब सिंह बस्नेत, महेन्द्र प्रसाद चौधरीले सहजीकरण गर्नु भएको थियो भने बाल कुमारी लामा, सिखा राई (स्वंय सेवक) को पनि सक्रिय सहभागीता रहेको थियो यस अवधिमा सहकारी संस्थाको गत बर्षको तुलनामा हालको अवस्थाको बारेमा सामुहिक अन्तरक्रिया तथा छलफलबाट विश्लेषण गरिएको थियो सहकारी संस्थाको बल, कमजोर, चुनौती तथा अवसरहरुको विश्लेषण गरी आगामी बर्षको योजना पनि तय गरिएको थियो

Cooperative Management Training (13 to 16 June, 2011)


कारितास नेपालको सहकारी संस्थाको सक्षमता तथा ब्यवसाय विस्तार कार्यक्रमको दोश्रो बर्षको कार्ययोजना अनुसार सहकारी ब्यवस्थापन तालिम जुन १३ देखि १६ , २०११ सम्म होटल मिरर, गुलरीया बर्दियामा सम्मन्न भएको उक्त तालिममा २१ सहकारी संस्थाबाट २२ जना ( पुरुष, १९ महिला) को सहभागीता रहेको थियो उक्त तालिमको सहजिकरण कारितास नेपालको कर्मचारीहरु कृष्ण कुमार तामाङ, खम्ब सिंह बस्नेत, महेन्द्र प्रसाद चौधरी तथा शिव कुमार अधिकारी (श्रोत ब्यक्ति), सन्तोष पराजुली (श्रोत ब्यक्ति)   हिम प्रसाद वाग्ले (डि. सहकारी कार्यालय, बर्दिया) ले गर्नु भएको थियो सहकरी ब्यवस्थापनको आवश्यकता यसको महत्व, बर्तमान सन्दर्भमा सहकारीको ब्यवस्थापन कसरी गर्ने, ब्यवस्थापनका अंगहरु, कार्य जिम्मेवारी, बचत तथा ऋण ब्यवस्थापन, सहकारी विभागबाट जारी गरिएको मापदण्ड २०६८, सहकरीको सिद्धान्त, मुल्य मान्यता, सहकारीले सामाजिक क्रियाकलाप कसरी संचालन गर्ने किन ?, समुहगत संरचनामा सहकारीको विकास कसरी गर्न सकिन्छ ?, कार्यालयमा कागजातहरु कसरी ब्यवस्थापन गर्ने ? लेखा ब्यवस्थापनमा संचालक लेखा समितिको भुमिका जस्ता विषय बस्तुहरुलाई समेटीएको थियो भने सहभागीहरुको जिज्ञासा माथि छलफल गरी तालिम सम्पन्न भएको थियो  

Cooperative Management Training at Surkhet. (10 to 12 June, 2011)

कारितास न्यूजल्याण्डको आर्थिक सहयोगमा कारितास नेपालको साझेदारी संस्था नवन्योति केन्द्र, सुर्खेतले Women and Children's Empowerment Program – Surkhet परियोजना अन्तर्गत गढी छिन्चुमा वटा सहकारी संस्थाहरु डिभिजन सहकारी कार्यालय सुर्खेतमा विधिवत रुपमा दर्ता गरी  छिन्चुमा जुन १० देखि १२ सम्म, चार दिने सहकारी ब्यवस्थापन तालिम सम्पन्न भएको उक्त तालिममा दिगो शान्ती नवज्योति बचत तथा ऋण सहकारी संस्था लि.बाट २५ जनाको सहभागीता रहेको थियो कारितास नेपाल फिल्ड कार्यालय बर्दियाको महेन्द्र प्रसाद चौधरी, डिभिजन सहकारी कार्यालय सुर्खेतबाट तथा नवज्योति केन्द्रका कर्मचारीहरुले तालिमको सहजीकरण गरिएको थियो