Cooperative Management Training (13 to 16 June, 2011)


कारितास नेपालको सहकारी संस्थाको सक्षमता तथा ब्यवसाय विस्तार कार्यक्रमको दोश्रो बर्षको कार्ययोजना अनुसार सहकारी ब्यवस्थापन तालिम जुन १३ देखि १६ , २०११ सम्म होटल मिरर, गुलरीया बर्दियामा सम्मन्न भएको उक्त तालिममा २१ सहकारी संस्थाबाट २२ जना ( पुरुष, १९ महिला) को सहभागीता रहेको थियो उक्त तालिमको सहजिकरण कारितास नेपालको कर्मचारीहरु कृष्ण कुमार तामाङ, खम्ब सिंह बस्नेत, महेन्द्र प्रसाद चौधरी तथा शिव कुमार अधिकारी (श्रोत ब्यक्ति), सन्तोष पराजुली (श्रोत ब्यक्ति)   हिम प्रसाद वाग्ले (डि. सहकारी कार्यालय, बर्दिया) ले गर्नु भएको थियो सहकरी ब्यवस्थापनको आवश्यकता यसको महत्व, बर्तमान सन्दर्भमा सहकारीको ब्यवस्थापन कसरी गर्ने, ब्यवस्थापनका अंगहरु, कार्य जिम्मेवारी, बचत तथा ऋण ब्यवस्थापन, सहकारी विभागबाट जारी गरिएको मापदण्ड २०६८, सहकरीको सिद्धान्त, मुल्य मान्यता, सहकारीले सामाजिक क्रियाकलाप कसरी संचालन गर्ने किन ?, समुहगत संरचनामा सहकारीको विकास कसरी गर्न सकिन्छ ?, कार्यालयमा कागजातहरु कसरी ब्यवस्थापन गर्ने ? लेखा ब्यवस्थापनमा संचालक लेखा समितिको भुमिका जस्ता विषय बस्तुहरुलाई समेटीएको थियो भने सहभागीहरुको जिज्ञासा माथि छलफल गरी तालिम सम्पन्न भएको थियो