Cooperative and Enterprise Review Meeting (20 to 22, June 2011)


कारितास नेपालले कारितास अष्ट्रेलियाको सहयोगमा बर्षे कार्यक्रमको दोश्रो बर्षको कार्यक्रमको समिक्षा होटल मिरर, गुलरीया बर्दियामा जुन २० देखि २२, २०११ सम्म सहकारी तथा लघु उद्यमको समिक्षा गोष्ठी सम्पन्न भयो उक्त कार्यक्रममा २१ सहकारी संस्थाका २० सहकारीबाछ २१ ज्नाको सहभागीता रहेको थियो कार्यक्रममा महिला १५ पुरुषको सहभागीता रहेको थियो गोष्ठीमा ब्यवस्थापक, अध्यक्ष, संचालक समिति सदस्य तथा ब्यवसायका सदस्यहरु रहनु भएको थियो समिक्षा गोष्ठीलाई दुई भागमा विभाजन गरी कार्यक्रम संचालन भएको थियो पहिलो कार्यक्रममा सहकारी संस्थाको समिक्षा गर्ने तथा योजना तय गर्ने गरी सम्पन्न भयो भने दोश्रो कार्यक्रममा लघु उद्यमहरुको समिक्षा गर्ने तथा योजना तय गर्ने गरी सम्पन्न भएको थियो
समिक्षा कार्यक्रममा कारितास नेपालका कर्मचारीहरु कृष्ण कुमार तामाङ, खम्ब सिंह बस्नेत, महेन्द्र प्रसाद चौधरीले सहजीकरण गर्नु भएको थियो भने बाल कुमारी लामा, सिखा राई (स्वंय सेवक) को पनि सक्रिय सहभागीता रहेको थियो यस अवधिमा सहकारी संस्थाको गत बर्षको तुलनामा हालको अवस्थाको बारेमा सामुहिक अन्तरक्रिया तथा छलफलबाट विश्लेषण गरिएको थियो सहकारी संस्थाको बल, कमजोर, चुनौती तथा अवसरहरुको विश्लेषण गरी आगामी बर्षको योजना पनि तय गरिएको थियो
कार्यक्रमको अन्त्यमा सहकारी संस्थाको सक्षमता तथा ब्यवसाय विस्तार कार्यक्रमको तेश्रो बर्षको कार्य योजना तथा बजेट योजनाको बारेमा जानकारी सहकारीहरुलाई गरिएको थियो