नवलपरासीमा आवासिय तालिम सम्पन्न भयो

कारितास नेपालले सहकारीको दिगोपनका लागि बिगत एक दशक देखि ग्रामिण क्षेत्रका महिला, कृषक तथा गरिबहरुको आर्थिक, सामाजिक क्षेत्रको सुधार गर्नका लागि समुह स्तरमा बचत ऋण परिचालन र सहकारीको विकास तथा दिगोपनका लागि काम गर्दै आई रहेको छ । कारितस नेपालले सहकारीको दिगोपन तथा संस्थाको दक्षता बृद्धि गर्न र गराउनका लागि विभित्र तालिम कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । 2011 को कार्यक्रम अनुसार May 2011,1  देखि 7  सम्म (७ दिन) विजय विकास श्रोत केन्द्र, गैडाकोट, नवलपरासीमा आवासिय तालिम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कार्यक्रमको सभापतित्व कारितास नेपाल क्षेत्रिय कार्यालय, नवलपरासीका ब्मmष्ल बलम ाष्लबलअभ ष्ल अजबचनभ श्री दुर्गा लामाले गर्नु भएको थियो । तालिम कार्यक्रममा १४ जिल्लाको (बैतडी, कैलाली, बर्दिया, सुर्खेत, बाँके, दाङ, नवलपरासी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, ललितपुर, काभ्रे, मोरङ र झापा) ४० सहकारी संस्थाहरुबाट संस्थाका ब्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका सदस्यहरुको सहभागीता रहेको थियो । उक्त तालिममा ५० जना (३३ महिला र १७ पूरुष) को सहभागीता रहेको थियो । तालिम २ वटा समुहमा विभिजन गरी सम्पन्न भएको थियो । तालिमलाई सहजीकरण कुमार खत्री (कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को ब्यवस्थापक तथा राष्ट्रिय सहकारी बैंकको लेखा समितिको सदस्य), कारितास नेपालका कर्मचारीहरु कृष्ण कुमार तामाङ, महेन्द्र चौधरी र दिपक तामाङ (टल्कु बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी) ले गर्नु भएको थियो । तालिम कार्यक्रमको समापन कार्यक्रमको अध्यक्षता कारितास नेपाल, ललितपुरका कार्यक्रम शाखा प्रमुख श्री मणिन्द्र मल्लले गर्नु भएको थियो भने विजय विकास श्रोत केन्द्रको अध्यक्ष, कार्यकारी निर्देशक, कारितास नेपाल केन्द्रिय कार्यालयबाट राजु प्रधान, रविन श्रेष्ट, बाल कुमारी लामा, क्षेत्रिय कार्यालय नवलपरासीबाट दुर्गा लामा, अनिल चित्रकार, शुशिला चित्रकार (कार्की), प्रशिक्षकहरुको आतिथ्यता÷सहभमगीतामा तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरियो ।